संस्थाको परिचय

संस्थाको परिचय (Introduction of Organization)

श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. “समृद्दिका लागि सहकार्य” भन्ने मुल नाराका साथ समाजमा छरलिएर रहेका स-सानो पूँजीलाई एकीकृत गरी पूँजीनिर्माण गर्न र उद्यमशिलता र स्वरोजगार को विकास गरि अन्तत्वगत्वा सदस्यहरुको आर्थिक, सामाजिक, सास्कृतिक र वैयक्तिक क्षमताको विकासको लागि विशेषत २८२ जना सदस्यहरुको विशेष सकृयता र पहलबाट भीरकोट न.पा. १ हेगडाँडा निवासी श्री भक्तबहादुर के.सी. ज्यूको अध्यक्षतामा मिती २०७०/०३/०३ गतेका दिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४५ अनुसार विधीवत रुपमा डिभीजन सहकारी कार्यालय स्याङ्गजामा दर्ता भएको बचत तथा ऋण सहकारी संस्था हो।

यस संस्था स्याङ्गजा जिल्लाको मध्ये भागमा अवस्थित ऐतिहासिक ठाँउ भीरकोट न.पा. वडा नं. १ बयरघारी सिद्दार्थ राजमार्गको मेन रोडमा अवस्थित छ । यस सहकारी संस्थाले आफ्‌नो कारोबार कार्यालय खोली औपचारिक रुपमा विधीवत रुपमा वि.स. २०७०/०५/२६ गते बाट शुरुवात गरेको हो । यस सहकारी संस्थाका विभिन्न लक्ष्य र उद्देश्यहरु रहेका छन् । हाल यस संस्थामा ५ सदस्यीय संचालक समिति, ३ सदस्सीय लेखा सुपरीवेक्षण समिति र अन्यमा ऋण उप समिति, शिक्षा उप समिति र लगाएत विभीन्न उप समितिहरु रहेका छन भने १० जना कर्मचारीहरु कार्यरत रहेका छन जस्को मिती २०८१ साल असार मसान्तरको तथ्यांक अनुशार शेयर सदस्यहरु २०४३ जना पुगेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Post

Categories

Archives